Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

‘दिनठान’ मन्दिरको संरक्षण गरिँदै

‘दिनठान’ मन्दिरको संरक्षण गरिँदै

  • 223
    SHARES
  • ‘दिनठान’ मन्दिरको संरक्षण गरिँदै

    चितवन । ऐतिहासिक ‘दिनठान’ मन्दिरको संरक्षण गरिने भएको छ । चेपाङ समुदायको आस्थाको केन्द्रका रूपमा मन्दिर रहेको छ ।

    कालिका नगरपालिका–१० छेरबाङमा रहेको सो मन्दिर संरक्षणको अभावमा जीर्ण बन्दै गएको थियो । गत आर्थिक वर्ष २०७९/०८० मा मन्दिर संरक्षणका लागि वडामार्फत डेढ लाख बजेट विनियोजन गरेर संरक्षणको काम थालिएको वडाअध्यक्ष नरजंग प्रजाले बताए ।

    उनले मन्दिरको गारो लगाउने काम र काठ व्यवस्था गरिएको जानकारी दिए । बजेट अभावमा मन्दिरको छाना छाउने काम बाँकी रहेको थियो ।

    दिनठान मन्दिर चेपाङ समुदायले ऐतिहासिककालदेखि पूजाआजा गर्दै आएको मन्दिर हो । यहाँ विशेष गरेर पुस मसान्त र माघे संक्रान्तिका दिन दुई दिन मेला लाग्छ । जंगलको बीचमा रहेको मन्दिरमा चेपाङ समुदायले बलि दिने गरेको जनाइउको छ ।

    यहाँ दर्शन गर्नका लागि कालिका नगरपालिकासँगै इच्छाकामना गाँउपालिकाबाट पनि भक्तजन आउने गरेको मन्दिरका पुजारी शेरबहादुर चेपाङले बताए ।

    उनले मन्दिरमा नियमित पूजा गर्दै आएका छन् । उनले भने, ‘यो एतिहासिक मन्दिर हो । यहाँ गाउँमा महामारी फैलँदा, विपद् पर्दा धुप लगाउने र पूजा गर्ने चलन छ ।’

    यहाँ नियमित पूजा नगरे गाउँमा बाघ निस्कनेसमेत जनविश्वास रहेको छ । चेपाङ समुदायले सिमी पन्थ भयाँरीलाई देवता मान्ने गर्छन । यो मन्दिरलाई पनि उनै देवताको रुपमा पूजाआजा गर्दै आएको शेरबहादुरले बताए ।

    कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले नगर क्षेत्रका एतिहासिक सम्पदाको संरक्षणका पालिकाले जोड दिएको जनाउँदै दिनठान मन्दिरको संरक्षणका लागि पनि काम गरिने बताए ।

    उनले मन्दिरको संरक्षणका लागि आवश्यक बजेट पालिकाले विनियोजन गर्ने र प्रचारप्रसारसमेत गरिने बताए ।

  • सम्बन्धित विषय:

  • # मन्दिर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij