Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

विधिको शासनद्वारा सुशासन कायम गरिनुपर्छ : रवि लामिछाने

विधिको शासनद्वारा सुशासन कायम गरिनुपर्छ : रवि लामिछाने

  • 205
    SHARES
  • विधिको शासनद्वारा सुशासन कायम गरिनुपर्छ : रवि लामिछाने

    मोरङ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय अध्यक्ष रवि लामिछानेले नेपाली सेनाको संख्या घटाउन पर्छ भनेर आफूले कहीँकतै नबोलेको बताएका छन् ।

    विराटनगर-११  पिचरास्थित पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सेनाको संख्या घटाउनु पर्छ भनेर संसद तथा पार्टीका अन्य कार्यक्रममा पार्टीको  सांसद तथा नेताले समेत नबोलेको बताएका हुन् ।

    उनले विधिको शासनद्वारा राष्ट्र सञ्चालन भएमा सुशासन कायम हुनेमा पार्टी स्पष्ट रहेको बताए । अध्यक्ष लामिछानेले प्रदेश संरचना सुधारका लागि दलहरुबीच सहमति जरुरी रहेको जनाए ।

    उनले आफ्नो पार्टी आम समर्थक पार्टी भएको स्पष्ट पार्दै आगामी मंसिरदेखि पार्टीको अधिवेशन कार्य सुरु हुने जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij