Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

डेंगु विरूद्धको अभियान सञ्चालन गर्न पुनःआग्रह

डेंगु विरूद्धको अभियान सञ्चालन गर्न पुनःआग्रह

  • 237
    SHARES
  • डेंगु विरूद्धको अभियान सञ्चालन गर्न पुनःआग्रह

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु  संक्रमण बढ्न थालेपछि डेंगु विरूद्धको अभियान सञ्चालन गर्न पुनःआग्रह गरेको छ ।

    मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारी दैनिकजसो पानी परेसँगै डेंगुको संक्रमण बढ्न थालेपछि सबै कर्मचारीलाई आफ्नो कार्यालय वरिपरि डेंगु विरूद्धको सरसफाइ अभियानमा सहभागी हुन आग्रह गरिएको जानकारी दिए ।

    उनका अनुसार मन्त्रालयले हरेक शुक्रबार बिहान साढे १० बजे सबै कर्मचारी सहभागी भई सरकारी तथा सार्वजनिक कार्यालय हाताभित्र र वरपर सरसफाइ अभियान सञ्चालन गरी लामखुट्टेको बासस्थान पत्ता लगाई नष्ट गर्न आग्रह गरिएको छ ।

    यस्तै आमसर्वसाधारण, निजी क्षेत्र र सरोकारवाला सबै व्यक्ति एवं निकायले आआफ्नो स्थानमा सहभागिता, सहजीकरण एवं समन्वय जनाई डेंगु विरुद्धको अभियान सफल पार्न आग्रह गरिएको छ ।

    नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा डेंगु देखिएको थियो । गएको पुसयता एक हजार तीन सय ३७ जनामा संक्रमण छ भने एक जनाको निधन भइसकेको छ ।

    मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ ।

    सम्भव भएसम्म लामखुट्ट नै भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढंगले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन पनि मन्त्रालयले आग्रह गरेको छ ।

    यसैगरी उपत्यकाका स्थानीय तहले साउनदेखि ‘लामुखट्टेको बासस्थान खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने भएका छन् ।

    इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले डेंगुका बिरामी बढ्न थालेपछि स्थानीय तह र सर्वसाधारणलाई पनि सरसफाइ गर्न आग्रह गरिएको जानकारी दिए ।

    उनले पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थाल्ने भएकोले सरसफाइ अभियान सञ्चालन गर्न भनिएको बताए ।

    डेंगु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगु रोग लाग्दछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij