Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

श्रमिकको न्यूनतम पारिश्रमिक बढाउन आग्रह

श्रमिकको न्यूनतम पारिश्रमिक बढाउन आग्रह

  • 240
    SHARES
  • श्रमिकको न्यूनतम पारिश्रमिक बढाउन आग्रह

    काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउन आग्रह गरेको छ ।

    न्यूनतम पारिश्रमिक बढाउने संगठनको माग पूरा गराउन सरकारलाई दवाव दिने कांग्रेसले बताएको छ । नेपाल ट्रेड युनियन कांग्रेसले आज देशभरका ७७ वटै जिल्ला र सातवटै प्रदेशलाई परिपत्र गर्दै श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजारबाट बढाएर २५ हजार पुर्याउन माग गरेको छ ।

    नेपाल ट्रेड युनियन कांग्रेस महासचिव अजयकुमार राईले अहिले बजार मूल्य वृद्धि र महंगी बढेकाले वर्तमान लिँदै आएको पारिश्रमिकले श्रमिकलाई दैनिक जीवनयापनमा समस्या भएकाले पारिश्रमिक वृद्धि गर्नका लागि सरकारलाई दबाब दिन लागेको बताए ।

    कांग्रेसले आगामी असार २७ गते ‘श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार निर्धारण गर’ व्यहोराको एसएमएस प्रधानमन्त्री, श्रममन्त्री र सचिवलाई गर्ने, असार २८ गते ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत श्रममन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

    यस्तै असार २९ गते सातै प्रदेशमा प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने, असार ३१ गते काठमाडौंमा राष्ट्रिय समितिले श्रममन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको महासचिव राईले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij