Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

लमसुङ र लुलाङ यातायात सञ्जालबाट बिच्छेद

लमसुङ र लुलाङ यातायात सञ्जालबाट बिच्छेद

  • 264
    SHARES
  • लमसुङ र लुलाङ यातायात सञ्जालबाट बिच्छेद

    म्याग्दी । गत हिउँदमा सडक सञ्जालमा जोडिएको म्याग्दीको धवलागिरि गाउँपालिकाको वडा नं २ को लमसुङ र लुलाङ बर्खा लागेसँगै यातायात सञ्जालबाट बिच्छेद भएको छ ।

    गाउँपालिकाको केन्द्र मुनाबाट वडा नं-२ को खोरिया–लमसुङ हुँदै गुर्जा जोड्ने सडकले लुलाङगाउँ काटेको छ ।

    सडकमा लमसुङमा दरखोला, वडा नं-३ को कालुङ, महखोलामा बाढी आएको र सडकमा हिलो जमेकाले मुनाबाट लुलाङ जोड्ने सडकमा नियमित सिधा यातायात सञ्चालन हुन छाडेको स्थानीय राजकुमार विकले बताए ।

    ‘पुल नबनाए र घुमाउरो तथा साँघुरो सडक विस्तार नगरेसम्म बाह्रै महिना सहज र सुरक्षितरूपमा यातायात सेवा नपाइने भयो’, खोरियाका मोतीप्रसाद पाइजाले भने, ‘कालुङखोला, महखोला र दरखोलामा जतिसक्दो छिटो पुल हाल्नुपर्ने तथा कालुङखोला नजिकैको पहिरो पन्छाउनुपर्ने देखियो ।’

    खोरियाका तेजिन्द्र पाइजाले यातायात सेवालाई सहज, सुरक्षित, भाडादर समायोजनका साथै गुर्जा र जलजला हुँदै ढोरपाटनसँग सडक सञ्जालमा जोड्ने योजनालाई तीव्रताका साथ कार्यान्वयन गर्न माग गरेका थिए ।

    लुलाङमा दुई सय ५० भन्दा बढी घरधुरीको बसोबास छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij