Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

बाढीमा बेपत्ता भएका एकको पहिचान खुल्यो

बाढीमा बेपत्ता भएका एकको पहिचान खुल्यो

  • 233
    SHARES
  • बाढीमा बेपत्ता भएका एकको पहिचान खुल्यो

    संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका-११  दुम्कट्टामा फेला परेको शवको पहिचान खुलेको छ ।

    गत असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले हेँवा खोलामा बेपत्तामध्ये एक जनाको शव चैनपुर-११, दुम्कट्टामा फेला परेको थियो ।

    यही असार १४ गते  दुम्कट्टामा फेला परेको बर्दियाका कालीराम थारू रेहको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए ।

    थारू सुपर हेँवा कम्पनीका सहायक चालक रहेको प्रहरीले जनाएको छ । चालक थारूको शव आज आफन्तले जिम्मा लिएपछि जिल्ला अस्पताल संखुवासभामा शवपरीक्षण गरिएको छ ।

    थारूको आजै खाँदबारी नगरपालिका-९ स्थित मनकामनाघाटमा थारू परम्पराअनुसार अन्त्यष्टि गरिएको छ । बाढी पहिरामा परेको अन्य १९ जना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ ।

    बाढीपहिराका कारण जिल्लाका विभिन्न स्थानका २० घरपरिवार विस्थापित भएका छन् । बाढीपहिराबाट विस्थापित भएका २० घरपरिवारमध्ये १२ घर पूर्ण क्षति भएका छन् ।

    चैनपुर नगरपालिका-४ र पाँचखपन नगरपालिका-९ मा गएको पहिराले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनाको क्षति भएको हो ।

    बाढीले तीनवटा पक्की पुलमा क्षति पुर्याएको छ । बाढी भौतिक संरचना बगाउँदा करोडौँको क्षतिको भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij