Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

बेनी-जोमसोम सडक अवरूद्ध

बेनी-जोमसोम सडक अवरूद्ध

  • 284
    SHARES
  • बेनी-जोमसोम सडक अवरूद्ध

    म्याग्दी । जिल्लाको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक अवरूद्ध बनेको छ ।

    म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरी र अन्नपूर्ण गाउँपालिका-२ भुरुङ-तातोपानीमा खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको बेनी-जोमसोम सडकमा आज बिहानदेखि सिधा यातायात सेवा अवरूद्ध बनेको हो ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेन्द्र पौडेलले सडक अवरद्ध हुँदा बेनीबाट मुस्ताङतर्फ र मुस्ताङबाट म्याग्दी हुँदै देशका विभिन्न ठाउँमा जान हिँडेका सवारी साधनबीच बाटोमै रोकिएको बताए ।

    उनका अनुसार बेनी नगरपालिका-४ र मंगला गाउँपालिका-२ को सिमानामा पर्ने फापरखेतको घुमाउने भिरमा खसेको पहिरोका कारण बेनी-दरबाङ सडक पनि अवरुद्ध बनेको छ । बेनी-दरबाङ म्याग्दीको मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने सडक हो ।

    बेनी-जोमसोम-कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले निरन्तरको झरी र पहिरो नरोकिएकाले सडक खुलाउन समस्या भएको बताए । आयोजना र निर्माण कम्पनीका उपकरण परिचालन गरिए पनि निरन्तरको झरी र पहिरो खसिरहने भएकाले समस्या भएको शेरचनले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij