Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

बाघको छाला र हड्डीसहित पक्राउ

बाघको छाला र हड्डीसहित पक्राउ

  • 275
    SHARES
  • बाघको छाला र हड्डीसहित पक्राउ

    बाँके । बाँकेको कोहलपुर नगरपालिका-११ बाट बाघको छाला र हड्डीसहित पक्राउ परेका तीन जनालाई आज प्रहरीले जिल्ला वन कार्यालय बाँकेलाई बुझाएको छ ।

    उनीहरूलाई हिजो प्रहरीले कोहलपुर नगरपालिकामा जाँच गर्ने क्रममा पक्राउ गरेको थियो । पक्राउ पर्नेमा दैलेखको ठाटीकानडा गाउँपालिका-४ घर भएका सुनील चुनारा, सोही जिल्ला भगवती गाउँपालिका-५ का नवीनकुमार कसेर र अछामको पञ्चदेवल गाउँपालिका-२ का टोपेन्द्र शाही रहेको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।

    नेपाल प्रहरीको लुम्बिनी प्रदेशको विशेष टोलीले बाघको छाला र हड्डीको कारोबार हुँदैछ भन्ने सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको थियो । जिल्ला वन कार्यालयले त्यसको अनुसन्धान भइरहेको जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij