Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

झापाका विभिन्न घटनामा तीन जनाको मृत्यु

झापाका विभिन्न घटनामा तीन जनाको मृत्यु

  • 188
    SHARES
  • झापाका विभिन्न घटनामा तीन जनाको मृत्यु

    झापा । झापामा अलगअलग घटनामा आज बिहान तीन जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार हल्दिबारी गाउँपालिका-२ स्थित चिया बगानमा जंगली हात्तीको आक्रमणबाट एक जनाको र शिवसताक्षी नगरपालिकास्थित झिलझिलेमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो ।

    भद्रपुर नगरपालिका-७ बस्ने ५३ वर्षीय गिरेन कर्मकारलाई आज बिहान महेन्द्र पोखरेलको चिया बगानमा जंगली च्याउ टिप्ने क्रममा हात्तीले कुल्चेर मारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले बताए ।

    यसैगरी पूर्वपश्चिम राजमार्गको शिवसताक्षी-९ स्थित भालुखोलामा पूर्वबाट पश्चिमतर्फ गइरहेको प्र१-०२-००क ३८७९ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको प्र१-०१-००च ७४८२ नम्बरको कार एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा कारमा सवार मोरङ उर्लाबारी नगरपालिका-६ बस्ने ४५ वर्षीय गुरुचन चौधरी र उनकै छोरी १८ वर्षीया कुमकुम चौधरी रहेको प्रहरीले जनाएको छ ।

    गुरुचनको छोरा १० वर्षीय विवेक चौधरी, रतुवामाई नगरपालिाका-१० का १९ वर्षीय रिकेश न्यौपाने, उर्लाबारी-७ का ४० वर्षीया मुना साह घाइते भएको प्रहरी प्रवक्ता रिजालले जानकारी दिए ।

    उनका अनुसार घाइतेको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij