Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

मेलम्ची आयोजनाका कामदारको बस्ने ठाउँ बाढीले बगायो

मेलम्ची आयोजनाका कामदारको बस्ने ठाउँ बाढीले बगायो

  • 863
    SHARES
  • मेलम्ची आयोजनाका कामदारको बस्ने ठाउँ बाढीले बगायो

    काठमाडौं । मेलम्ची नदीमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाका कामदार बस्ने टहरो बगाउँदा चार जना बेपत्ता भएका छन् ।

    मंगलबार साँझदेखि अविरल वर्षाका कारण मेलम्ची नदीमा बाढी आउँदा आयोजनामा कार्यरत कामदार बस्दै आएको टहरोमा क्षति पुगेको हो ।

    आयोजनाको इन्टेक र ड्यामलगायतका संरचना भने सुरक्षित रहेको मेलम्ची खानेपानी विकास समितिको भनाइ छ ।हेलम्बु गाउँपालिका-१ आम्बाथानमा रहेको टहरो बाढीले बगाएको समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।

    ‘मेलम्ची नदीको मुहानमा रहेको हेडवर्क्समा लेदोसहितको बाढी पस्यो । संरचनामा अहिलेसम्मको अवस्था हेर्दा सुरक्षित छ,’ पन्तले भने, ‘हेडवर्क्सभन्दा तल रहेको कामदार बस्ने ठाउँ बाढीले बगाएको छ ।’

    बाढीले बगाएको टहरामा हेडवर्क्स निर्माण गरिरहेका कामदारहरू बस्दै आएका थिए । बाढीले क्याम्प बगाएपछि त्यहाँ बस्दै आएका १२ जनामध्ये ४ जना सम्पर्कमा नआएको समितिले जानकारी दिएको छ ।

    ‘हेडवर्क्सका संरचनाहरू पानीले डुबेर नदेखिने भएको छ । यसमा कति क्षति भयो देखिएको छैन अहिलेसम्म । पानी कम भएपछि मात्रै क्षतिको विवरण यकिन गर्न सकिन्छ,’ प्रवक्ता पन्तले भने ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij