वेबटिभी खबर
काठमाडाैं । विश्वभरका ८ हजार मानिसहरुले एक निवेदन दर्ता गर्दै अर्बपति जेफ बेजोसलाई पृथ्वीमा आउन नदिन माग गरेका छन् । विश्वकै सबैभन्दा धनी व्यक्ति बेजोस २० जुलाईमा आफ्नो ब्लू ओरिजिन कम्पनीको रकेटमार्फत अन्तरिक्षमा जाँदै छन् ।
जेफ बेजोससँगै उनका भाइ मार्क बेजोस र अर्का एक पर्यटक पनि जानेछन् । निवेदन दिने ती व्यक्तिहरुले बेजोसले एलन मस्कलाई पनि लैजानु पर्ने यदि त्यसो नभएमा अन्तरिक्षमा नै बस्नुपर्ने माग गरेका हुन् ।
चेन्ज डट ओआरजी वेबसाइटमार्फत् छ दिनअघि सुरु भएको यस मागमा अहिलेसम्म ८ हजार व्यक्तिले हस्ताक्षर गरिसकेका छन् । यसमा ती व्यक्तिहरुले मानिसको भविष्य हाम्रै हातमा रहेको पनि बताएका छन् । एक व्यक्तिले बेजोस विश्वमा आफ्नो आधिपत्य स्थापित गर्न खोज्ने एक दानवी स्वभावको मानिस भएको लेखेका छन् ।
जोस ओर्टिज नामका एक व्यक्तिले उक्त वेबसाइटमा विश्वलाई मुक्ति दिलाउन बेजोसलाई पृथ्वीमा आउन रोक लगाउन ब्लू ओरिजिनसँग माग गरेका छन् ।
केही समयदेखि विश्वका दुई शीर्ष अर्बपति अमेजनका संस्थापक बेजोस र स्पेसएक्सका सिइओ एलन मस्कबीच अन्तरिक्षका विषयमा द्वन्द्व छ । अन्तरिक्षमा एलन मस्कको बढ्दो प्रभावका बीच बेजोसले आफ्नो एयरोस्पेस कम्पनी ब्लु ओरिजिनमा केन्द्रित हुने बताएका थिए । यति मात्र होइन, ब्लू ओरिजिनलाई थप सशक्त बनाउन बेजोसले अमेजनको सिइओ पदबाट पनि राजिनामा दिएका छन् ।
जेफ बेजोसले यात्रुसहित अन्तरिक्ष यान प्रक्षेपण गर्ने
मिसन चन्द्रमाका लागि विश्वका दुई धनाढ्यहरुको युद्ध
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij