Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

पुरुष भलिबल : नेपाल किर्गिस्तानको बी टोलीसँग पराजित

पुरुष भलिबल : नेपाल किर्गिस्तानको बी टोलीसँग पराजित

  • 287
    SHARES
  • पुरुष भलिबल : नेपाल किर्गिस्तानको बी टोलीसँग पराजित

    काठमाडौं । सेन्ट्रल एसियन भलिबल एशोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपालले आयोजक किर्गिस्तानको ‘बी’ टोलीसँग पराजित भएको छ ।

    किर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एन्ड रिक्रियसन कम्प्लेक्समा आज भएको खेलमा किर्गिस्तानको ‘बी’ टोलीले नेपाललाई ३-२ को सेटमा पराजित गरेको हो ।

    नेपालले पहिलो सेट २५-२३ ले जितेको थियो । दोस्रो सेट र तेस्रो किर्गिस्तानले २९-२७ र २५-२२ ले आफ्नो पक्षमा बनायो । चौथो सेट नेपालले २५-११ ले जितेपछि खेलको पाँचौँ सेटमा पुग्यो । त्यसपछि पाँचौँ सेट १६-१४ ले जित्दै किर्गिस्तानले विजयी हासिल गर्यो ।

    नेपालको यो लगातार पाँचौँ हार हो । नेपाल पहिलो खेलमा मंगोलिया, दोस्रो खेलमा आयोजक किर्गिस्तान, तेस्रो खेलमा इरान र  चौथो खेलमा तुर्किमिनिस्तानसँग पराजित भएको थियो ।

    काभा नेसन्स लिगमा नेपालसहित सात टोलीको सहभागिता रहेको छ । अब नेपालले लिग चरणको आफ्नो अन्तिम खेल उज्वेकिस्तानसँग खेल्नेछ ।

  • सम्बन्धित विषय:

  • # भलिबल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij