Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

स्वास्थ्यमन्त्रीसँग राजदूत पोलिटको शिष्टाचार भेट

स्वास्थ्यमन्त्रीसँग राजदूत पोलिटको शिष्टाचार भेट

  • 228
    SHARES
  • स्वास्थ्यमन्त्रीसँग राजदूत पोलिटको शिष्टाचार भेट

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेका छन् ।

    मन्त्रालयमा उनीहरूबीच भएको भेटमा दुई देशबीच स्वास्थ्य क्षेत्रमा भएका सहकार्य र सहयोगबारे छलफल भएको मन्त्री बस्नेतका प्रेस संयोजक रामचन्द्र दुलालले जानकारी दिए ।

    सो अवसरमा स्वास्थ्य क्षेत्रमा बेलायत सरकारले गर्दै आएको सहयोग आगामी दिनमा निरन्तरता दिने विषयमा विचारविमर्श भएको थियो ।

    मन्त्री बस्नेतले नेपालबाट नर्सिङ जनशक्ति बेलायत लैजाने विषयमा राजदूत पोलिटसँग जिज्ञासा व्यक्त गरे ।

    मन्त्री बस्नेतलाई उद्धृत गर्दै प्रेस संयोजक दुलालले भने, ‘बेलायतमा नर्सिङ जनशक्ति कसरी व्यवस्थित र सुरक्षितरुपमा पठाउने, देशभित्र गोर्खा ब्रिटिस सेनाको स्वास्थ्य उपचारको व्यवस्था र स्वास्थ्य क्षेत्रमा नयाँ कार्यक्रम सञ्चालनका विषयबारे छलफल भयो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij