Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

बाढी: सिन्धुपाल्चोकमा ५० बढी बेपत्ता, स्वास्थ्यमन्त्री तामाङले गुहारे अन्तर्राष्ट्रिय समुदाय

बाढी: सिन्धुपाल्चोकमा ५० बढी बेपत्ता, स्वास्थ्यमन्त्री तामाङले गुहारे अन्तर्राष्ट्रिय समुदाय

  • 789
    SHARES
  • बाढी: सिन्धुपाल्चोकमा ५० बढी बेपत्ता, स्वास्थ्यमन्त्री तामाङले गुहारे अन्तर्राष्ट्रिय समुदाय

    काठमाडौं । सिन्धुपाल्चोकस्थित मेलम्ची र ईन्द्रावती नदीमा मंगलबार आएको भीषण बाढीले ५० जना बढी बेपत्ता भएका छन् । 

    बाढीले मेलम्ची खानेपानी ड्याम, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार क्षतबिक्षत बनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले जानकारी दिए । 

    मन्त्री तामाङकाअनुसार नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल उडाएको छ । नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पुर्‍याएको छ ।

    प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्धार र राहातमा जुट्न अपिल गर्दै मन्त्री तामाङले सरकारले आजै टेण्ट र खाध्यान्न प्रभावित क्षेत्रमा पुर्याउने बताएका छन् । जसको घर बगाएको छ उनीहरूलाई घर हुनेहरूले आश्रय दिन अपिल गर्दै अन्तर्राष्ट्रिय समुदायलाई बिपत्तिमा साथ दिन अपिल समेत गरेका छन् । 

    सिन्धुपाल्चोक मन्त्री तामाङको गृहजिल्ला हो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij