वेबटिभी खबर
काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता अभियानको संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ । एमालेले ७० वर्षे उमेर हद हटाएपछि एमाले फर्किन बाटो खुला भएको बताउँदै आएका वामदेव ओलीलाई भेट्न च्यासलस्थित एमाले मुख्यालय पुगेका हुन् ।
७० वर्षे प्रावधान हटेलगत्तै एमाले फर्किन खोजेका वामदेवलाई रोकेर समाजवादी मोर्चामा सामेल गराउने प्रयास भएको थियो । तर वामदेवले समाजवादी मोर्चाभन्दा एमालेलाई प्राथमिकता दिएको बुझिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij