Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

अन्तरपालिका भलिबलको उपाधि अन्नपूर्णलाई

अन्तरपालिका भलिबलको उपाधि अन्नपूर्णलाई

  • 241
    SHARES
  • अन्तरपालिका भलिबलको उपाधि अन्नपूर्णलाई

    पोखरा । कास्की जिल्ला अन्तरपालिका पुरूष भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिकाले जितेको छ ।

    पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित उक्त प्रतियोगितामा बिहीबार सम्पन्न फाइनल खेलमा अन्नपूर्णले माछापुच्छ्रे गाउँपालिकालाई ३-१ गोलअन्तरले हराउँदै उपाधि हात पारेको हो ।

    फाइनल खेल पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको हो । उपाधिसँगै अन्नपूर्णले ६० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता माछापुच्छ्रेले ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

    यसैगरी रूपा गाउँपालिका ‘बी’लाई ३-० को सोझो सेटमा हराउँदै आयोजक पोखरा महानगरपालिकाको टोली तेस्रो भए ।महानगरको टोलीले ४० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए ।

    पोखरा महानगरपालिका भलिबल संघको व्यवस्थापन तथा कास्की जिल्ला भलिबल संघको सहयोगमा प्रतियोगिता आयोजना गरिएको उक्त प्रतियोगितामा अन्नपूर्णका सचिन नेपाली सर्वोत्कृष्ट खेलाडी, माछापुच्छ्रेका समीर गुरूङ उत्कृष्ट डिफेन्डर, पोखरा महानगरपालिकाका विजय परियार उत्कृष्ट स्पाइकर तथा अन्नपूर्णका हरिचन्द्र सुनार उत्कृष्ट प्रशिक्षक घोषित भए ।

    उनीहरुलाई जनही पाँच हजार पुरस्कार प्रदान गरिएको महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए ।

    प्रतियोगितामा पोखरा महानगरपालिका, अन्नपूर्ण, मादी र रूपा गाउँपालिकाका दुई÷दुई तथा माछापुच्छ्रेको एउटा टोली  सहभागी थिए ।

  • सम्बन्धित विषय:

  • # भलिबल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij