वेबटिभी खबर
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दोस्रोपटक विश्वासको मत पाएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री यादवलाई १०३ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका हुन् ।
प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले प्रस्तावको पक्षमा १०३ र विपक्षमा शून्य मत खसेको सदनलाई जानकारी दिए । १०७ सदस्यीय प्रदेशसभामा मंगलबार ३ जना सांसद अनुपस्थित थिए ।
सभामुख मण्डलले भने मतविभाजन प्रक्रियामा सहभागिता जनाएनन् । मुख्यमन्त्री यादवले प्रदेशसभाको पहिलो ठूलो दल नेकपा एमाले र दोस्रो ठूलो दल नेपाली कांग्रेसको पनि विश्वासको मत प्राप्त गरेका छन् भने प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० वटै दलले उनलाई विश्वासको मत दिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij