Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

गोकर्णेश्वरमा देखिएको दादुरा नियन्त्रणमा

गोकर्णेश्वरमा देखिएको दादुरा नियन्त्रणमा

  • 192
    SHARES
  • गोकर्णेश्वरमा देखिएको दादुरा नियन्त्रणमा

    काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा देखिएको दादुरा नियन्त्रणमा आएको छ ।

    गोकर्णेश्वरका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले वडा नं ९ स्थिति जोभो कदम्पा विद्यालयका चारजनामा देखिएको दादुरा नियन्त्रणमा आएको जानकारी दिए ।यही जेठ २४ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको शंकास्पद देखिएका पाँच जनाको परीक्षणमा चारमा दादुरा भएको पुष्टि भएको थियो ।

    ‘दादुरा देखिएपछि ती चार जनालाई आइसोलेसनमा चिकित्सकको निगरानीमा राख्यौँ’, शाखा प्रमुख उपाध्यायले भने, ‘अहिले उक्त क्षेत्रमा दादुरा प्रकोप नियन्त्रणमा रहेको छ, हामीले फैलिन दिएनौँ ।’

    उनले उक्त विद्यालयका १५ वर्षमुनिका चार सय १९ जनालाई दादुराविरूद्धको खोप पनि दिइएको जानकारी दिए । विद्यालयमा रहेका पाँच सय ६० को परीक्षणमा ६३ जनामा दादुरा जस्तै लक्षण र १६ जनामा बान्ता तथा ज्वरो आउने दादुरा जस्तै समस्या देखिएको थियो।

    शाखा प्रमुख उपाध्यायले ती दादुराका शंकास्पद देखिएका बिरामीलाई भिटामिन ‘ए’ खुवाइएको बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij