Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

बाग्मती प्रदेशसभाको बैठक जेठ ३२ गते बस्ने

बाग्मती प्रदेशसभाको बैठक जेठ ३२ गते बस्ने

  • 275
    SHARES
  • बाग्मती प्रदेशसभाको बैठक जेठ ३२ गते बस्ने

    काठमाडौं । बाग्मती प्रदेशसभाको बैठक यही जेठ ३२ गते अपराह्न २ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

    बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

    उनका अनुसार, यही जेठ ३१ गते अपराह्न २ बजेको समयमा कार्यपरामर्श समितिको बैठक बसेर आगामी असार १ गते प्रस्तुत हुने सरकारको बजेट सम्बन्धमा कार्यसूची तयार गरिने जानकारी दिए ।

    प्रदेशसभाको बैठक गत जेठ १९ गते सरकारको नीति तथा कार्यक्रम पारित गरिसकेपछि अर्को सूचना जारी नभएसम्मका लागि सभामुख भुवनकुमार पाठकले स्थगित गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # बाग्मती

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij