Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

विप्लव समूह र सरकारबीच काठमाडौंमा वार्ता जारी

विप्लव समूह र सरकारबीच काठमाडौंमा वार्ता जारी

  • फाल्गुण १९, २०७७ बुधवार ०९:४२ बजे
  • 1.6K
    SHARES
  • विप्लव समूह र सरकारबीच काठमाडौंमा वार्ता जारी

    काठमाडौं ।  सरकार र नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच वार्ता भइरहेको छ । मंगलबार वार्ता टोली गठन गरेको सरकार र विप्लव नेकपाबिच बुधबार वार्ता भइरहेको उच्च स्रोतले जानकारी दिएको हो ।

    वार्ता उच्च सुरक्षाबीच सरकारी भवनमै भइरहेको विप्लव नेकपा स्रोतले जानकारी दिएको हो । सरकारले मंगलबार गृह मन्त्री रामबहादुर थापा बादल र राजन भट्टराई रहेको वार्ता टोली बनाएको थियो ।

    त्यसपछि विप्लव नेकपाले खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदयबहादुर चलाउने (दीपक) रहेको वार्ता टोली बनाएको सार्वजनिक भएको थियो । 

  • सम्बन्धित विषय:

  • # विप्लव समूह
  • # सरकार

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij