Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

गर्मीले सुनसरीका विद्यालय बन्द

गर्मीले सुनसरीका विद्यालय बन्द

  • 232
    SHARES
  • गर्मीले सुनसरीका विद्यालय बन्द

    सुनसरी । अत्यधिक गर्मीका कारणले सुनसरीका तीन स्थानीय तहका विद्यालय बन्द भएका छन् ।

    सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको सबै स्थानीय तहमा अत्यधिक गर्मी बढेका कारण जिल्लाका तीन स्थानीय तहको विद्यालयमा बिदा दिइएको हो ।

    सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाले २०८० जेठ १८ गते बिहीबारदेखि २४ गते बुधबारसम्मका लागि बिदा दिएको नगर प्रमुख केदार भण्डारीले जानकारी दिए ।

    गर्मीका कारण बालबालिकामा विभिन्न किसिमको समस्या हुनबाट जोगाउनका लागि वर्षे बिदाबाट कट्टा हुनेगरी बिदा दिइएको उनले बताए ।

    त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिकालेसमेत गर्मीका कारण विद्यालय बन्द गरेको गाउँपालिका प्रमुख अजमल अख्तर अजादले जानकारी दिए ।

    उक्त गाउँपालिकाले समेत जेठ १८ गतेदेखि २३ गतेसम्मका लागि विद्यालयमा बिदा दिएको उनले जानकारी दिए । त्यसैगरी इटहरी उपमहानगरलेसमेत दुई दिनका लागि बिदा दिने निर्णय गरेको छ ।

    प्रतिकूल मौसमका कारण अत्यधिक गर्मीले पठनपाठनमा असहजस्थिति आएको भन्दै जेठ १८ र १९ गते बिदा दिने निर्णय गरिएको इटहरी उपमहानगर शिक्षा महाशाखा प्रमुख सूर्यप्रसाद सुवेदीले जानकारी दिए ।

    अहिले सञ्चालन भइरहेको परीक्षा सञ्चालनमा कुनै असर नपर्ने गरी बिहीबार र शुक्रबार विद्यालयको पठनपाठन बन्द गर्न उपमहानगरले सबै विद्यालयलाई आग्रह गरेको सुवेदीले बताए ।

    केही दिनयता पूर्वी तराईमा अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij