Logo

२०८३, मंसिर ७ गते आइतवार

२०८३, मंसिर ७ गते आइतवार

भीमसेन थापा गाउँपालिकामा निःशुल्क दुर्घटना बीमा

भीमसेन थापा गाउँपालिकामा निःशुल्क दुर्घटना बीमा

  • 262
    SHARES
  • भीमसेन थापा गाउँपालिकामा निःशुल्क दुर्घटना बीमा

    गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क दुर्घटना बीमा गरिदिएको छ ।

    गाउँपालिकाले १६औँ गणतन्त्र दिवसका अवसरमा पालिकाभित्रका १६ हजार ९८६ नागरिकको निःशुल्क दुर्घटना बीमा गरेको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जरा (अक्कल)ले जानकारी दिए ।

    गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको कुल १२ लाख १६ हजार ६४२ रुपैयाँ २५ पैसामा सामूहिक दुर्घटना बीमा गरेको हो ।

    बीमा सम्झौताअनुसार सामूहिक दुर्घटना बीमाका लागि विशेष छुटमा ७१ रुपैयाँ ६२ पैसा र टिकटवापत प्रतिबीमा पोलिसी २० लागत परेको अध्यक्ष बन्जराले बताए ।

    राष्ट्रिय जनगणना २०७८ को अन्तिम प्रतिवेदन आधारमा पालिकामा बसोबास गर्दै आएका तथा पालिका स्थायी ठेगाना भएका सबै नागरिकको सामूहिक दुर्घटना बीमा गरेको उनले बताए ।

    उनले भने, ‘राष्ट्रिय बीमा कम्पनी लिमिटेड र गाउँपालिकाबीच समझदारीपत्रमा सोमबार हस्ताक्षर भएको छ । सम्झौतासँगै बीमा कार्यक्रम पनि लागू भएको छ ।’

    गाउँपालिकाले गरेको सम्झौताअनुसार अब पालिकाभित्रका नागरिकको कुनै पनि प्रकारको दुर्घटना भएमा कम्पनीले बीमा पोलिसीअनुसारको उपचार खर्च प्राप्त गर्ने उनको भनाइ छ ।

    त्यस्तै नेपालभर भीमसेन थापा गाउँपालिका स्थायी घर भएका कसैको कुनै पनि प्रकारको दुर्घटनाबाट ज्यान गुमाएमा समेत बीमा कम्पनीले सम्बन्धित परिवारलाई ५० हजार उपलब्ध गराउने गरी बीमा पोलिसी लागू भएको गाउँपालिका अध्यक्ष बन्जराले जानकारी दिए ।

    बीमा कम्पनी र गाउँपालिकाबीच भएको सम्झौता आगामी २०८१ जेठ १५ गतेसम्म लागू हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिए ।

    सम्झौताअनुसार गाउँपालिकावासी सबै नागरिकले अब दुर्घटनाबाट सिर्जित मृत्यु, स्थायी पूर्ण अशक्तता, स्थायी आंशिक अशक्तता, अंगभंग, औषधोपचार आदि सुविधा प्राप्त गर्नेछन् । बीमाका शर्तहरू सामूहिक दुर्घटना बीमालेखबमोजिमको हुने पनि सम्झौतापत्रमा उल्लेख छ ।

    सम्झौताअनुसार दुर्घटनामा परेका बिमितको उपचार खर्च बीमालेखको अधिनमा रही सक्कली बिल बुझाएपछि प्राप्त गर्नेछन् । सम्झौतापत्रमा गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जरा (अक्कल) र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुवास कोइरालाले हस्ताक्षर गरेका छन् ।

    गोरखाका ११ स्थानीय तहलाई चार अर्ब ५८ करोड ३७ लाख 

    गोरखा जिल्लाभित्र रहेका स्थानीय तहलाई संघीय

    सरकारबाट आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट रु साढे चार अर्बभन्दा बढी बजेट विनियोजन भएको छ ।

    संघीय सरकारले आगामी आव २०८०/८१ का लागि सोमबार बाँडफाँट गरेको बजेटमा जिल्लाभित्रका ११ स्थानीय तहलाई कुल चार अर्ब ५८ करोड ३७ लाख समपूरक बजेट विनियोजना भएको हो ।

    दुई नगरपालिका र नौ गाउँपालिका रहेको गोरखामा सबैभन्दा धेरै गोरखा नगरपालिकालाई कुल ६१ करोड ८१ लाख र पालुङटार नगरपालिकालाई ५७ करोड दुई लाख विनियोजना भएको छ भने जिल्लामा सबैभन्दा कम चुमनुब्री गाउँपालिकालाई २० करोड ७७ लाख बजेट विनियोजन भएको हो ।

    त्यस्तै जिल्लाको आरुघाट गाउँपालिकालाई ४० करोड ४२ लाख, गण्डकी गाउँपालिकालाई रु ४४ करोड ६८ लाख, अजिरकोट गाउँपालिकालाई ३१ करोड ६८ लाख र  धार्चे गाउँपालिकालाई रु ३१ करोड २१ लाख बजेट विनियोजन भएको छ ।

    शहिद लखन गाउँपालिकालाई ४३ करोड २० लाख, भीमसेन थापा गाउँपालिकालाई ४० करोड १० लाख, बारपाक सुलिकोट गाउँपालिकालाई ४० करोड ५९ लाख र सिरानचोक गाउँपालिकालाई ४६ करोड ८९ लाख रकम संघीय सरकारले विनियोजन गरेको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij