Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

नर्भिकमा ओपीडी सेवा आइतबारदेखि सञ्चालन हुने

नर्भिकमा ओपीडी सेवा आइतबारदेखि सञ्चालन हुने

  • 565
    SHARES
  • नर्भिकमा ओपीडी सेवा आइतबारदेखि सञ्चालन हुने

    काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले आइतबारदेखि ओपीडी सेवा पुनः सञ्चालनमा ल्याउने भएको छ ।

    निजी अस्पताल सञ्चालकहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन अफ नेपाल (अफिन) को निर्णयअनुसार ओपीडी सेवा पुनः सुचारु गर्न लागेको काठमाडौंको थापाथलीस्थित रहेको नर्भिकले जनाएको छ । 

    पछिल्लो समय कोभिड संक्रमण निरन्तर घटिरहेको र नन्कोभिडका बिरामीको संख्या बढेपछि उनीहरुको स्वास्थ्य सेवालाई ध्यानमा राखी ओपीडी सेवा पुनः सुचारु गर्न लागिएको नर्भिकको ठहर छ ।

    नर्भिकले कोभिड-१९ को दोश्रो लहरको संक्रमण तीव्र बनेसँगै ओपीडी सेवा बन्द गरेको थियो । आइतबारदेखि कोभिडको दोस्राे लहर फैलिनुअघि सञ्चालनमा रहेका बहिरंग विभागअन्तर्गतका सबै सेवा उपलब्ध हुने नर्भिक अस्पतालले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij