Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

स्थानीय तह र अस्पातलका एम्बुलेन्स बिग्रिँदा बिरामी चर्को मूल्य तिरेर भाडाका गाडी चढ्न बाध्य

स्थानीय तह र अस्पातलका एम्बुलेन्स बिग्रिँदा बिरामी चर्को मूल्य तिरेर भाडाका गाडी चढ्न बाध्य

  • 236
    SHARES
  • स्थानीय तह र अस्पातलका एम्बुलेन्स बिग्रिँदा बिरामी चर्को मूल्य तिरेर भाडाका गाडी चढ्न बाध्य

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका-१२ स्थानीय तह र अस्पतालमा रेहका अधिकांश एम्बुलेन्स बिग्रिएपछि बिरामीहरू चर्को मूल्य तिरेर भाडाका गाडीमा चढ्न बाध्य भएका छन ।

    जिल्लाका आधादर्जन भन्दा बढी एम्बुलेन्स समयमा नै मर्मत नहुँदा सेवाग्राही मर्कामा परेका हुन । भोटेकोसी गाउँपालिकामा एम्बुलेन्स बिग्रिएको वर्षौं भइसक्दा पनि मर्मत हुनसकेको छैन ।

    इञ्जिन समस्याका कारण थन्किएको एम्बुलेन्समर्मत गर्ने हो भने पुनः सञ्चालनमा ल्याउन सकिन्छ । गाउँपालिका कार्यालयको आँगनमा थन्किएर बसेको सो एम्बुलेन्स मर्मत नगरिँदा भोटेकोशीका बिरामी एम्बुलेन्स सेवाबाट वञ्चित रहेको स्थानीय साङ्बु शेर्पाले बताए ।

    त्यस्तै बाह्रबिसे नगरपालिकाको चाकुमा थन्किएर बसेको एम्बुलेन्स मर्मतका लागि नगरपालिकाले ध्यान दिएकै छैन । अस्पतालको गेटमा एम्बुलेन्स थन्किएको छ ।

    बिरामीलाई भने उपचार गराउनका लागि अन्य अस्पताल जान झण्झट हुने गरेको छ । सरकारी एम्बुलेन्स बिग्रिएका कारण बिरामी चर्को मूल्य तिरेर भाडाको गाडी प्रयोग गर्न बाध्यभएको स्थानीय वाशु बडालको भनाइ छ ।

    बाह्रबिसे नगरपालिकाको प्रमुख बालकृष्ण बस्नेत भने नगरमा रहेका बिग्रिएका एम्बुलेन्स मर्मत गरेर सहजरूपमा बिरामीलाई अस्पताल पुर्‍याउन सहयोग गर्ने बताए ।

    भोटेकोसी र बाह्रबिसेमा मात्र होइन इन्द्रावती, मेलम्ची र हेलम्बु गाउँपालिकाको एम्बुलेन्स पनि मर्मत नहुँदा थन्किएका छन । स्वास्थ्य कार्यालयको अभिलेखमा जिल्लामा ४० वटा एम्बुलेन्स दर्तामा रहेको तथ्यांक छ । जसमध्ये सातवटा एम्बुलेन्स त कामै नलाग्ने गरी महिनौँंदेखि बिग्रिएर थन्किएका अवस्थामा छन ।

    स्वास्थ्य कार्यालयका अधिकृत अनुप अधिकारीले बिग्रेका एम्बुलेन्स मर्मत गरेर सञ्चालन गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिइसकेको जानकारी दिए ।

    स्वास्थ्य उपचार सरकारको पहिलो प्राथमिकतामा परेपनि उपकरण अवस्था नाजुक छ । कुल एक सय तीन वडा रहेको सिन्धुपाल्चोकमा एम्बुलेन्स सेवा पर्याप्त छैन । त्यसमा पनि सरोकारवाला निकायले ध्यान नदिँदा सेवाग्राहीले सधैँ सास्ती भोग्नु परेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij