Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

एक वर्षपछि पर्यटकको स्वागतमा युरोपेली मुलुकहरु 

एक वर्षपछि पर्यटकको स्वागतमा युरोपेली मुलुकहरु 

  • 660
    SHARES
  • एक वर्षपछि पर्यटकको स्वागतमा युरोपेली मुलुकहरु 

    काठमाडौं । कोरोना भाइरसको महामारीका कारण पर्यटकका लागि बन्द भएको युरोप एक वर्षपछि विस्तारै खुल्न थालेको छ । करिब एक वर्षपछि युरोपमा अमेरिका र अन्य देशका पर्यटकका लागि अनलक प्रक्रिया सुरु भएको छ । तर पर्यटकहरुले भ्रमणमा जाँदा केही सर्तहरु भने पालना गर्नुपर्नेछ । 

    कोरोना संक्रमणको महामारी फैलिएको केही महिनामा नै युरोप यसको हटस्पट बन्यो । खोपको विकास भएर लगाउन थालेपछि एवं विभिन्न प्रतिबन्धले संक्रमण नियन्त्रणमा आयो ।

    युरोपमा सबैभन्दा धेरै खोप लगाएको बेलायत पूर्णरुपमा अनलकको अवस्थामा छ । युरोपका ३० मध्ये २० देश खुलेका छन् । कोरोनाबाट सबैभन्दा बढी प्रभावित इटाली, स्पेन र फ्रान्समा होटल, रेस्टुरेन्ट, पर्यटकीय स्थल र अन्तर्राष्ट्रिय यात्रा केही महत्वपूर्ण नियमसहित खुला गरिएका छन् ।

    अबको एक सातापछि प्रमुख गतिविधिहरु हुने अपेक्षा गरिएको छ । गत वर्ष मार्च २०२० मा पहिलोपटक युरोपेली संघले बाहिरका नागरिकलाई यात्रामा प्रतिबन्ध लगाएको थियो । 

    फ्रान्सले भारत, दक्षिण अफ्रिका, ब्राजिलसहित १६ देशका खोप नलगाएका पर्यटकमाथि प्रतिबन्ध लगाएको छ । साथै त्यहाँ पुग्नेहरुले कोरोना नेगेटिभको रिपोर्ट बुझाउनुपर्नेछ ।

    इटालीले अमेरिकी नागरिकका मेको मध्यदेखि खुला गरेको हो । तर इटाली जाने व्यक्तिहरु १० दिन अनिवार्य क्वारेन्टिनमा बसेर कोरोना परीक्षण गर्नुपर्छ । इटालीले मे महिनादेखि बेलायत र इजरायलका पर्यकटका लागि पनि अनुमति दिन सुरु गरेको छ ।

    ग्रिसले अमेरिका, बेलायत, चीनसहित २० देशका नागरिकका लागि सीमा खोलेको छ । त्यहाँ जान पनि कोरोना नेगेटिभ रिपोर्ट अनिवार्य बनाइएको छ । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij