Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

उदयपुरका स्थानीय तहबाटै श्रम स्वीकृति दिन सुरु

उदयपुरका स्थानीय तहबाटै श्रम स्वीकृति दिन सुरु

  • 318
    SHARES
  • उदयपुरका स्थानीय तहबाटै श्रम स्वीकृति दिन सुरु

    उदयपुर । वैदेशिक रोजगारीमा जानेहरुका लागि स्थानिय पालिकाहरुले श्रम स्वीकृति दिन सुरु गरेका छन् ।

    यसै क्रममा त्रियुगा नगरपालिकाले पनि आइतबारबाट बैदेशिक रोजगारीमा जानेलाई श्रम स्वीकृति दिन सुरु गरेको हो ।

    संघीय सरकारले वैदेशिक रोजगारीमा जानेका लागि स्थानीय तहमार्फत श्रम स्वीकृति दिने व्यवस्था मिलाएसँगै त्रियुगा नगरपालिकाले पनि आइतवारबाट श्रम स्विकृति दिन सुरु गरेको नगर प्रमुख वसन्त बस्नेतले जानकारी दिए ।

    उनका अनुसार यसरी श्रम स्विकृति दिईदा आफनो नगरपालिका भित्रको सम्पुर्ण विवरण प्राप्त हुने र बैदेशिक रोजगारीवाट फर्केर आएकालाई नयाँ काम दिने कार्यका लागि महत्वपुर्ण अभिलेख पनि हुनेछ ।

    श्रम स्विकृतिका लागि वडा नम्बर ६ नम्बर चिरन्जिवी पोखरेलले साउदी अरेबिया जानका लागि माग गरेको श्रम स्वीकृतिको निवेदनलाई सदर गर्दै नगरपालिकाले सो कार्यको प्रारम्भ गरेको हो ।

    संघीय सरकारले गत वैशाख ३ देखि संघ र प्रदेशमा रहेको श्रम स्वीकृत गर्ने सेवालाई विकेन्द्रित गर्दै स्थानीय तहसम्म पुर्‍याउने निर्णय लिएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij