Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

रौतहटबाट स्रोत नखुलेको रकमसहित दुईजना पक्राउ

रौतहटबाट स्रोत नखुलेको रकमसहित दुईजना पक्राउ

  • 214
    SHARES
  • रौतहटबाट स्रोत नखुलेको रकमसहित दुईजना पक्राउ

    काठमाडौं । स्रोत नखुलेको रकमसहित रौतहटबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    गौर नगरपालिका-२, ब्यारियलबाट स्रोत नखुलेको तीन लाख १२ हजार नेपाली रूपैयाँ र २२ हजार भारुसहित शुक्रबार राति उनीहरू नियन्त्रणमा  लिइएको प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेमा भारतको बिहार, सीतामणिका २६ वर्षीय सुजितकुमार महतो समेत दुईजना छन् ।

    चेकजाँच गर्ने क्रममा बीआर ३० एडी ३६८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij