Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

बाग्मती प्रदेशसभा : चालु अधिवेशन बैठक राति १२ बजेदेखि अन्त्य

बाग्मती प्रदेशसभा : चालु अधिवेशन बैठक राति १२ बजेदेखि अन्त्य

  • 205
    SHARES
  • बाग्मती प्रदेशसभा : चालु अधिवेशन बैठक राति १२ बजेदेखि अन्त्य

    काठमाडौं । बाग्मती प्रदेशको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ ।

    आज मन्त्रिपरिषद्ले पठाएको निर्णयअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले बाग्मती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका हुन् ।

    प्रदेश प्रमुख सचिवालयबाट बैठक अन्त्य भएको सूचना प्रदेशसभामा प्राप्त भएको प्रमुख सचिव कृष्णहरि खड्काले राससलाई बताए ।

    प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम बैठक गत पुस १८ गतेदेखि सुरु भई पटक-पटक गरि आज राति अन्त्य हुने भएको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij