वेबटिभी खबर
मुम्बई । रामानन्द सागरको धारावाहिक टिभी साे रामायणले भारतीय टिभी उद्योगको पूरै अनुहार नै परिवर्तन गरेको छ । यसले पौराणिक कथामा बन्ने सोका लागि सजिलो बाटो बनाइदिएको छ । यो कार्यक्रम अझै पनि दर्शकहरूको हृदयमा एक विशेष स्थान बसेको छ ।
योभन्दा पनि ठूलो कुरा त रामायण विश्वमा सबैभन्दा धेरै हेरिएको पौराणिक धारावाहिक कथाको रूपमा रेकर्ड बनाएको छ । यस सिरियलले सन् २००३ सम्म आफ्नो रेकर्ड कायम गर्यो ।
सन् १९८७ देखि १९८८ सम्म प्रसारिस यस टेलिभिजन सोले त्यस समयमा राम्रो प्रतिक्रिया पाएको थियो । धेरै दर्शकका कारण यसले लिम्का बुक अफ रेकर्डको अवार्ड पाएको छ । लिम्का बुक अफ रेकर्डमा भारतीयहरूले बनाएकाे विश्व रेकर्ड राखिएकाे हुन्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij