वेबटिभी खबर
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्ने बताएका छन ।
चितवन क्षेत्र नं २ बाट पुनः निर्वाचित भएपछि प्रतिक्रिया दिंँदै आम नागरिकका अपेक्षा भनेको मौलाएको भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ भन्ने पाएको उनले जनाए । उनले सुशासनको आशा सबैभन्दा बढी गरिएको बताउँदै भने, ‘मेरो प्रमुख एजेन्डा सुशासन नै हो ।’
यही अपेक्षालाई आफूले शिरोपर गरेको उनको भनाइ छ । लामिछानेले भने, ‘यही अपेक्षालाई आम जनताले अनुमोदन गरेको मैले महसुस गरेको छु ।’
पहिलेको भन्दा धेरै मतका साथ विजयी हुँदै गर्दा जिम्मेवारी थपिएको भन्दै उनले राजनीतिक निर्णय गर्दा आफू थप जिम्मेवार भएर सोचेर गर्नुपर्ने अवस्थामा आएको बताए ।
लामिछानेले भने, ‘ठूला राजनीतिक निर्णय गर्दा आफू जिम्मेवार भएर सोच्नुपर्ने अवस्था सिर्जना भएको छ । यसलाई जिम्मेवारीका साथ लिनेछु ।’
उनले सरकारलाई गरेको समर्थन कतिपय अवस्थामा औचित्य नदेखिएको जस्तो आफूले पाएको बताए । यसबारेमा राजधानी फर्किएलगत्तै समीक्षा गरेर निर्णय गरिने उनको भनाइ थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij