वेबटिभी खबर
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका एक सय ९९ हेक्टर जंगल डढेलोले नष्ट भएको छ । जिल्ला वन कार्यालयका अनुसार चौतारा साँगा चोकगढी नगरपालिकाको विभिन्न सामुदायिक वनको जंगल डढेलोले नष्ट पारेको हो ।
त्यसैगरी चौतारा साँगा चोकगढी नगरपालिका र सुनकोसी गाउँपालिकाका जंगल डढेलाले नष्ट भएको डिभिजन वन कार्यालयबाट परिचालित हरित स्वयंसेवक समूहका संयोजक शारदाप्रसाद चालिसेले जानकारी दिए ।
उनका अनुसार मेलम्चीमा रहेको टारापाखा सामुदायिक वनको २६ हेकटर जंगल पनि डढेलोले सखाप भएको छ । जिल्ला वन कार्यालयका सहायक वन अधिकृत कृष्णबहादुर थापाका अनुसार गर्मी मौसमसँगै डढेलो लाग्ने क्रम जारी रहेकाले यकिन तथ्यांक प्राप्त हुन सकेको छैन ।
यसबाट महत्वपूर्ण जडीबुटी, वनयजन्तु र करोडौँका रूख बिरूवा नोक्सान भएका छन । बर्सेनि जंगलमा डढेलो कसले लगाउँछ भन्ने तथ्य भने नखुलेको वन अधिकृत थापाको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij