Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

पुस्तक नपाउने समस्या अन्त्य भयो : पूर्वशिक्षामन्त्री पौडेल

पुस्तक नपाउने समस्या अन्त्य भयो : पूर्वशिक्षामन्त्री पौडेल

  • 269
    SHARES
  • पुस्तक नपाउने समस्या अन्त्य भयो : पूर्वशिक्षामन्त्री पौडेल

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले शैक्षिकसत्रको सुरुमै विद्यार्थीका हात-हातमा पुस्तक हुनु सरकारको मुख्य उपलब्धि रहेको बताए ।

    आफू शिक्षामन्त्री भएको नौ महिनामा नेपालका धेरै विद्यालयमा पूर्वाधार निर्माण भएको भन्दै अबको आवश्यकता शैक्षिक सुधार रहेको बताए ।

    आज बागलुङ नगरपालिका–९ तित्याङ र बागलुङ नगरपालिका-१० भकुण्डे जोड्ने रिठ्ठेखोला झोलुङ्गे पुलको उद्घाटनपछि बोल्दै पौडेलले समग्र बागलुङको विकासका लागि आफू खटिएको बताए ।

    उनले शैक्षिकसत्र सुरु भएको ६ महिना बित्दासमेत विद्यार्थीका हातमा पुस्तक नपुग्ने समस्या सधैँका लागि अन्त्य भएको बताउँदै जनक शिक्षा सामग्रीलाई परिमार्जन गर्नुको विकल्प नभएको बताए ।

    उनले भने, ‘हाम्रै पार्टीको सरकार छ, अहिले शैक्षिकसत्र अगावै विद्यार्थीका हातमा पुस्तक पुग्नु सरकारको उपलब्धि हो । आफू शिक्षामन्त्री हुँदा जनक शिक्षा सामग्रीमा नयाँ छपाई औजार ल्याएकाले सम्भव देखिएको हो ।’

    नेता पौडेलले अहिलेको सरकारले सुशासन, रोजगारी सिर्जना र भौतिक संरचनालाई प्राथमिकता दिएर बजेट निर्माणको तयारीमा लागेको बताए ।

    सामुदायिक विद्यालय सुधार योजना अहिले कार्यान्वयन भइरहेको बताउँदै पूर्वमन्त्री पौडेलले अब भौतिक पूर्वाधारपछि गुणस्तरीय शिक्षाको विकासमा अहिलेको सरकार लाग्नुपर्ने आफूले सुझाव दिएको बताए ।

    बाग्लुङको प्रतिनिधि भएर दोस्रोपटक संसद् छिरेको भन्दै पौडेलले बाग्लुङका अधिकांश ठूला सडकका योजना अगाडि बढेको जानकारी दिए ।

    झोलुंगे पुलको जिल्लामा बागलुङ नगरपालिकाको तित्याङबाट भकुण्डे पुग्ने अर्को नयाँ झोलुंगे पुल थपिँदा स्थानीयलाई राहत भएको बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij