Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

  • 248
    SHARES
  • जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

    झापा । जंगली हात्तीको आक्रमणमा परी बुद्धशान्ति गाउँपालिका-५ खारखोलाका एक वृद्धको मृत्यु भएको छ ।

    डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार आज बिहान ७० वर्षीय भीमबहादुर भट्टराईलाई हात्तीले कुल्चदा उनको मृत्यु भएको हो ।

    मकै खान आएको हात्तीलाई लखेट्ने क्रममा भट्टराईलाई हात्तीले आक्रमण गरेको प्रमुख राईले जानकारी दिए । डिभिजन वन कार्यालय र प्रहरीको टोली घटनास्थलतर्फ पठाइएको जनाउँदै उनले थप विवरण आउन बाँकी रहेको बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij