Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

कतार प्रहरीमा जागिर लगाइदिने भन्दै ६३ लाख ठगी गर्ने एकजना पक्राउ

कतार प्रहरीमा जागिर लगाइदिने भन्दै ६३ लाख ठगी गर्ने एकजना पक्राउ

  • 230
    SHARES
  • कतार प्रहरीमा जागिर लगाइदिने भन्दै ६३ लाख ठगी गर्ने एकजना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारअन्तर्गत कतारको प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाएर १८ जनासँग ६३ लाख ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

    ६३ लाख रूपैयाँ ठगेर फरार भएका सप्तरीको कञ्चनपुर घर भई हाल काठमाडौंको टोखा बस्ने पूर्णकुमार दाहाललाई पक्राउ गरि कारबाही थालिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए ।

    दाहालले कतारको प्रहरीमा रोजगारी पाइने र त्यसका लागि सात लाख रूपैयाँ लाग्ने भन्दै रकम ठगेको पाइएको छ । दाहालले यसरी रकम ठगी गर्दा त्यहाँको प्रहरीमा जागिर भएपछि मासिक एक लाख रूपैयाँ कमाइ हुने लोभ देखाएका थिए ।

    पीडितहरूको उजुरीपछि वैदेशिक रोजगार विभागबाट पक्राउ गरिदिन माग भएअनुसार खोजीका लागि खटिएको प्रहरीले उनलाई गएराति झापाबाट पक्राउ गरी आवश्यक अनुसन्धानका लागि आजै वैदेशिक रोजगार विभाग काठमाडौंमा पठाइएको राठौरले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # ठगी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij