Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

घरमुलीलाई गोली हानी सुन र नगदसहित लाखौं लुटपाट

घरमुलीलाई गोली हानी सुन र नगदसहित लाखौं लुटपाट

  • 730
    SHARES
  • घरमुलीलाई गोली हानी सुन र नगदसहित लाखौं लुटपाट

    जलेश्वर । महोत्तरीको लोहारपट्टी नगरपालिकामा-६ मा अज्ञात समूहले एक घरमुलीलाई गोली हानी लाखौंको लुटपाट गरेको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यका अनुसार गएराति घरका सबैजना सुतिरहेको बेला लोहारपट्टी-६ बस्ने राजकरण साहको घरमा चार पाँच अज्ञात व्यक्तिको समूहले प्रवेश गरी घरमुली गायत्रीदेवी साहको बायाँ तिघ्रामा गोली हानी लाखौंको लुटपाट गरी भागेका छन् ।

    लुटेराको समूहले राजकरणको घरमा लुटपाट गरिरहँदा निजकी पत्नी गायत्रीले थाहा पाई हो हल्ला गर्न थालेपछि उनलाई लुटेराले गोली हानेको प्रहरी उपरीक्षक आचार्यले बताए ।

    गोली लागेको महिला गायत्री देवीको उपचार जनकपुरस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ भने उनको अवस्था गम्भीर रहेको परिवारजनले जनाएको छ ।

    यता लुटेराले उनको घरबाट सुनको नाकको फूली-२ आना, कानको बाली-४ आना, तिलहरी-६ आना, मङ्गलसूत्र-६ आना, सामसुङ्ग मोबाईल थान-२ र नगद २५ हजारसहित तीन लाख बढीको सरसामान लुटेर लगेको जनाइएको छ ।

    यसैबीच प्रहरीले घटना स्थलबाट कटुवा पेस्तोलमा लाग्ने एक राउण्ड गोली र सोही पेस्तोलमा लाग्ने गोलीको खोका थान-एक बरामद गरेको छ भने लुटेराको खोजतलासको लागि व्यापकरूपमा प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक आचार्यले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij