Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

कोरोना उत्पत्ति बारे अधिक जानकारी दिन चीनलाई बाध्य पार्न सकिन्नः डब्ल्युएचओ

कोरोना उत्पत्ति बारे अधिक जानकारी दिन चीनलाई बाध्य पार्न सकिन्नः डब्ल्युएचओ

  • 625
    SHARES
  • कोरोना उत्पत्ति बारे अधिक जानकारी दिन चीनलाई बाध्य पार्न सकिन्नः डब्ल्युएचओ

    जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का शीर्ष अधिकारीले कोरोना भाइरसको उत्पत्तिबारे अधिक जानकारी दिन चीनलाई बाध्य पार्न डब्ल्युएचओले नसक्ने बताएका छन् । तर यसले भाइरस अर्को तह कहाँ देखा पर्छ भनेर बुझ्ने अध्ययनको प्रस्ताव गर्ने छन् ।

    एक पत्रकारले सोधेको कसरी डब्ल्यूएचओले चीनलाई अझ खुला हुन बाध्य बनाउनेछ ? भन्ने प्रश्नमा त एजेन्सीको आपतकालीन कार्यक्रमका निर्देशक माइक रायनले एक न्यूज कन्फरेन्समा डब्ल्युएचओसँग यस सम्बन्धमा कसैलाई बाध्य पार्ने शक्ति छैन भनेका हुन् । रायनले यसमा सबै सदस्य राष्ट्रहरूको सहयोगको पूर्ण अपेक्षा गरेको पनि बताए ।

    कोरोना भाइरस उत्पत्तिबारे अहिले दुईवटा सिद्धान्तहरु अनुसन्धान र बहसमा छन्, एउटा जनावारबाट भाइरस मानिसमा सरेको, अर्को वुहानको प्रयोगशालाबाट भाइरस चुहावट भएको ।

    यतिवेला वुहान प्रयोगशालाबाट भाइरस चुहावट भएको सिद्धान्त सार्वजनिक बहसको विषय भएको छ । धेरै प्रतिष्ठित वैज्ञानिकहरूले भाइरसको उत्पत्तिबारे पूर्ण अनुसन्धान गर्न आग्रह गरिरहेका छन् ।

    कोरोना भाइरस प्रकोपको प्रारम्भिक चरणमा भाइरस ल्याबबाट दुर्घटनावश चुहावट भएको हाइपोथेसिसलाई वैज्ञानिकहरूले धेरै हदसम्म बेवास्ता गरे । चीनले आफ्नो प्रयोगशाला प्रकोपका लागि जिम्मेवार बारम्बार यसलाई अस्वीकार गर्दै आएको छ ।

    यसअघि सन् २०२१ को जनवरी फेबु्रअरीमा डब्ल्युएचओको एक समूहले वुहानमा पुगेर सुरुवातमा कोरोना भाइरस भेटिएका स्थलहरु र चिनियाँ वैज्ञानिकसँग सहकार्य गरी अध्ययन गरेर रिपोर्ट तयार पार्दा जनावारबाट मानिसमा भाइरसको सरेको प्रारम्भिक निष्कर्ष निकालेको थियो । 

    कोरोना उत्पत्तिलाई राजनीतिकरण नगर्न डब्ल्युएचओको आग्रह कोरोना उत्पत्तिलाई राजनीतिकरण नगर्न डब्ल्युएचओको आग्रह कोरोना भाइरसको उत्पत्तिबारे अझ गहन अध्ययन जरुरी छः डब्ल्युएचओ प्रमुख कोरोना भाइरसको उत्पत्तिबारे अझ गहन अध्ययन जरुरी छः डब्ल्युएचओ प्रमुख

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij