Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

राहदानी बनाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

राहदानी बनाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

  • 198
    SHARES
  • राहदानी बनाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

    काठमाडौं । प्रतिव्यक्ति २८ हजारमा राहदानी बनाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

    ठगी गरेको आरोपमा चन्द्रागिरि नगरपालिका-२ मगर गाउँका ३४ वर्षीय स्माइल स्टार पुनसहित तीन जनालाई आज प्रहरीले पक्राउ गरेको हो ।

    काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वरस्थित श्री फ्रिया ट्राभल्स एन्ड टुर्स प्रालि सञ्चालन गर्ने पुनलगायतले रकम दिए राहदानी बनाइदिन्छु भन्दै ठगी गरेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

    उक्त प्रालिमा खानतलासी गर्दा प्रहरीले कम्पनीबाट विभिन्न व्यक्तिका पाँच थान राहदानी, एक थान कम्युटर तथा अन्य महत्वपूर्ण कागजपत्र बरामद गरिएको छ ।

    घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij