Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

विप्लव समूहले पनि बनायो सरकारसँग वार्ता गर्न टोली 

विप्लव समूहले पनि बनायो सरकारसँग वार्ता गर्न टोली 

  • फाल्गुण १८, २०७७ मंगलवार १४:०१ बजे
  • 2.1K
    SHARES
  • विप्लव समूहले पनि बनायो सरकारसँग वार्ता गर्न टोली 

    काठमाडाैं  । सरकारसँग वार्ताका लागि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पनि वार्ता टोली गठन गरेको छ ।

    विप्लव नेतृत्वपको नेकपाले प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) को नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको हो । टोलीमा प्रकाण्डसँगै नेता दीपक चलाउने छन् ।

    यसअघि सरकारले आजै विप्लव समूहसँग वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा (बादल) को नेतृत्वमा वार्ता समिति गठन गरेको थियो । समितिमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई छन् ।

    सरकारले वार्ता टोली गठन गरेको सार्वजनिक भए लगत्तै विप्लव समूहले पनि वार्ता टोली सार्वजनिक गरेकाे हो । सरकारका प्रवक्ता पार्वत गुरुङले विप्लव समूहसँग छिट्टै वार्ता हुने पत्रकार सम्मेलनमा बताएका छन् ।

    याे पनि पढ्नुहाेस्

    विप्लव नेतृत्वकाे नेकपासँग वार्ता गर्न सरकारद्वारा टोली गठन

  • सम्बन्धित विषय:

  • # विप्लव समूह

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij