Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

भारतमा नयाँ भेरिएन्ट फेला पर्यो 

भारतमा नयाँ भेरिएन्ट फेला पर्यो 

  • 875
    SHARES
  • भारतमा नयाँ भेरिएन्ट फेला पर्यो 

    नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको दोस्रो लहर कमजोर हुँदै गइरहेको समयमा पुनः नयाँ भेरिएन्ट भेटिएको पुणेको नेसनल इन्स्टिट्युट अफ भाइरोलोजीले बताएको छ । भाइरसको जिनोम सिक्वेसिंग गर्दा नयाँ भेरिएन्ट पत्ता लागेको हो । 

    टाइम्स अफ इन्डियाको एक रिपोर्टअनुसार यो भेरिएन्ट बेलायत र ब्राजिलबाट भारत आएका मानिसमा भेटिएको हो । इन्स्टिट्युटले यसलाई B.१.१.२८.२ नाम दिएको छ । यो डेल्टा भेरिएन्टजस्तै गम्भीर प्रकृतिको रहेको छ । 

    उक्त भेरिएन्टको अध्ययनपछि यसको संक्रमणले मानिसलाई गम्भीर बिरामी बनाउन सक्ने पाइएको छ । खोप कति प्रभावकारी छ भन्ने पत्ता लगाउन स्क्रिनिंगको आवश्यकता पर्छ । स्वास्थ्य विज्ञका अनुसार नयाँ भेटिएको भेरिएन्टबाट संक्रमित व्यक्तिमा तौल कम हुने, फोक्सो बिग्रिने हुन्छ । 

    कोरोना भाइरसको म्युटेशन पत्ता लगाउन इन्डियामा १० वटा नेसनल प्रयोगशालाले करिब ३० हजार नमुना परीक्षण गरेका थिए । केन्द्र सरकार पनि जिनोम सिक्वेन्सिंगका लागि स्रोतसाधन बढाउने काम गरिरहेको छ ।

    भारतमा दुई महिनापछि दैनिक संक्रमित एक लाखभन्दा कम, मृत्यु दर पनि घट्दै  भारतमा दुई महिनापछि दैनिक संक्रमित एक लाखभन्दा कम, मृत्यु दर पनि घट्दै  भारतमा आइतबार एक लाख संक्रमित थपिए, दिल्लीमा लकडाउन खुकुलाे भारतमा आइतबार एक लाख संक्रमित थपिए, दिल्लीमा लकडाउन खुकुलाे

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij