Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

रौतहटमा गोली चल्दा एक जनाको मृत्यु

रौतहटमा गोली चल्दा एक जनाको मृत्यु

  • 207
    SHARES
  • रौतहटमा गोली चल्दा एक जनाको मृत्यु

    रौतहट । रौतहटको गढीमाई नगरपालिकामा सडक सम्बन्धी विवादका क्रममा दुई समूहबीच झडप हुँदा गोली लागेर एक जनाको मृत्यु भएको छ ।

    उक्त झडपमा परेर चारजना घाइते भएका छन् । गोली लागेर गढीमाई नगरपालिका-८ का ५० वर्षीय राजकुमार राय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

    यादवको वीरगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । अन्य चारजना घाइतेको उपचार भइरहेको छ ।

    घटनामा संलग्न भएको आशंकामा १० जनाभन्दा बढीलाई नियन्त्रणमा लिइसकेको र सीमा क्षेत्रमा कडाई गरिएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार गाउँमा सडक कहाँ बनाउने भन्ने विषयमा एकै गाउँका दुई समूहबीच विवाद चर्किँदै गर्दा झडप लिएको बताइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij