Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

मिटरब्याज पीडितले मार्च पाससहित धर्ना दिने

मिटरब्याज पीडितले मार्च पाससहित धर्ना दिने

  • 250
    SHARES
  • मिटरब्याज पीडितले मार्च पाससहित धर्ना दिने

    फाइल तस्बिर

    काठमाडौं । महोत्तरीसहितका जिल्लाबाट काठमाडौंमा न्यायका लागि संघर्ष गरिरहेका मिटरब्याजपीडितले शनिबार पनि मार्चपाससहित धर्ना दिने भएका छन् ।

    मिटरब्याज तथा ठगीविरूद्ध किसान-मजदुर संघर्ष समिति नेपालको अगुवाइमा पीडितले शनिबार दिउँसो साढे १२ बजे शान्तिबाटिकामा मार्चपाससहित धर्ना दिन लागेको हो ।

    सरकारले आफूहरूको माग सम्बोधन गर्न नचाहेको भन्दै वार्ता भंग गरेर संघर्षमा उत्रिएकाहरूले मिटरब्याजीलाई कारबाही गर्नुपर्ने, कीर्ते लिखत खारेज गर्नुपर्ने, हडपेको जमिन फिर्ता गराउनुपर्नेलगायतका माग राखेर काठमाडौं केन्द्रित संघर्ष गरिरहेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij