Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

लोकसेवाद्वारा स्थानीय तहतर्फको सहायकस्तर पाँचौ तहको नतिजा प्रकाशन [सूचीसहित]

लोकसेवाद्वारा स्थानीय तहतर्फको सहायकस्तर पाँचौ तहको नतिजा प्रकाशन [सूचीसहित]

  • 884
    SHARES
  • लोकसेवाद्वारा स्थानीय तहतर्फको सहायकस्तर पाँचौ तहको नतिजा प्रकाशन  [सूचीसहित]

    काठमाडाैं । प्रदेश लोकसेवा आयोग, बागमती प्रदेश हेटौंडाले स्थानीय तहतर्फको सहायकस्तर पाँचौ तहको पहिलो चरणको परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

    आयोगको लिखित परीक्षा नतिजा प्रकाशन शाखाले सोमबार स्थानीय तह अन्तर्गतको सहायकस्तर पाँचौ तहको पहिलो चरणको परीक्षाको नतिजा प्रकाशन गरेको हो ।

    उक्त तहको पहिलो चरणको परीक्षामा सहभागी कुल ५ हजार ९ सय १८ जना मध्ये ३ हजार २ सय ४१ जना उत्तिर्ण भएको प्रदेश लोकसेवा आयोग बागमती प्रदेश हेटौंडाले जनाएको छ । त्यस्तै आयोगले उत्तरपुस्तिकामा 'की' नलेखेको भन्दै २२ जनाको उत्तरपुस्तिका रद्द गरेको छ ।

    आयोगले गत २०७७ फागुन ८ गते स्थानीय तहतर्फको विज्ञापन नं.२२८-२३२/०७७-७८ (खुला तथा समावेशी), एकीकृत परीक्षाअन्तर्गत प्रशासन सेवा, सामान्य प्रशासन/लेखा समूह सहायकस्तर पाँचौ तह, सहायक पाँचौ/लेखापाल/आ.ले.प.पदको प्रथम चरणको परीक्षा संचालन गरेको थियो ।

    उक्त तहको दोस्रो चरणको परीक्षा भने कोरोना संक्रमणको जोखिमका कारण अन्यौल भएको छ । आयोगले यसअघि एक सूचना जारी गर्दै कोरोनाको संक्रमणको दोस्रो लहरको जोखिमका कारण सबै तहको परीक्षा स्थगित गरेको थियो ।

    हेर्नुहाेस् नतिजा

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij