Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

फिलिपिन्समा एक सातामा ७२ जनाको डुबेर मृत्यु

फिलिपिन्समा एक सातामा ७२ जनाको डुबेर मृत्यु

  • 353
    SHARES
  • फिलिपिन्समा एक सातामा ७२ जनाको डुबेर मृत्यु

    एजेन्सी । फिलिपिन्समा यस महिनाको सुरुदेखि अहिलेसम्म डुबेर कम्तीमा ७२ जनाको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ ।

    क्याथोलिक बहुल राष्ट्रमा राजधानी मनिलालगायतका शहरबाट लाखौं मानिसले परम्परागत रूपमा यो बिदा मनाउन र परिवारसँग समय बिताउन समुद्रको किनार क्षेत्र र त्यहाँ रहेका होटलमा प्रकृतिको मनोरम वातावरणको आनन्द लिन पुग्ने गर्छन् ।

    फिलिपिन्सको राष्ट्रिय प्रहरी (पीएनपी)का प्रवक्ता कर्नेल जिन फजार्डोले कोरोना भाइरस नियन्त्रणका लागि वर्षौंदेखि जारी आवागमनमा लगाइएको प्रतिबन्धका कारण मृत्यु हुनेको संख्या  ‘बदलाको यात्रा’ का कारण भएको बताए ।

    फजार्डोले एएफपीसँग भने, ‘महामारीको लामो सास्तीपछि मानिसहरू समुद्र तट र रिसोर्टमा जानका लागि केही उत्साहित भए । धेरै मानिसको भीडमा केही दुःखद् घटनाहरू भएका हुन् ।’

    मृतकको पहिचान तत्काल उपलब्ध नभए पनि फजार्दोका अनुसार मृत्यु हुनेमा पौडी खेल्ने क्रममा अभिभावकले बेवारिसे अवस्थामा छोडेका बालबालिका र मादक पदार्थ सेवन गरि समुन्द्री किनारमा पसेकाहरू रहेका छन् ।

    फजार्डोले मृतकको संख्या ‘असामान्य’ र विगतका वर्षहरूको तुलनामा बढी भएको बताए । उनले भने, ‘रिसोर्ट र समुद्र तटहरू खचाखच भरिएका थिए । यसले पनि डुबेर मृत्यु हुने घटनामा वृद्धि भएको हुनसक्छ ।’

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वमा अन्जानमा हुने चोटपटकका कारण हुने मृत्युको तेस्रो प्रमुख कारण पानीमा डुबेर मृत्यु हुने गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij