Logo

२०८३, मंसिर ७ गते आइतवार

२०८३, मंसिर ७ गते आइतवार

माओवादी केन्द्रले आज गण्डकी प्रदेश सरकार छाड्दै

माओवादी केन्द्रले आज गण्डकी प्रदेश सरकार छाड्दै

  • 285
    SHARES
  • माओवादी केन्द्रले आज गण्डकी प्रदेश सरकार छाड्दै

    गण्डकी । नेकपा माओवादी केन्द्रले आज गण्डकी प्रदेश सरकार छाड्ने भएको छ।

    माओवादीले आज बिहान ११ बजे पार्टी संसदीय दल बैठक बसेर सरकारबाट फिर्ता हुने औपचारिक निर्णय गर्न लागेको हो।

    संसदीय दल नेता हरिबहादुर चुमानका अनुसार नेपाली कांग्रेस र माओवादीबीच प्रदेश सरकार आलोपालो नेतृत्व गर्ने सहमति भएकाे छ । तर पहिलो कार्यकाल को मुख्यमन्त्री बन्ने भन्ने अझै टुंगो लागिसकेको छैन।

    प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार गण्डकी सरकार छाड्न माओवादी प्रदेश समितिलाई निर्देशन दिएका थिए।

    माओवादीसहितको समर्थनमा गण्डकीमा नेकपा एमाले संसदीय दल नेता खगराज अधिकारी मुख्यमन्त्री छन्। माओवादीले समर्थन फिर्ता लिएमा मुख्यमन्त्री अधिकारीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij