Logo

२०८३, मंसिर ९ गते मंगलवार

२०८३, मंसिर ९ गते मंगलवार

भरतपुर महानगरमा सडक निर्माण तीव्र

भरतपुर महानगरमा सडक निर्माण तीव्र

  • 303
    SHARES
  • भरतपुर महानगरमा सडक निर्माण तीव्र

    चितवन । एकीकृत शहरी पूर्वाधार विकास कार्यक्रमअन्तर्गत भरतपुर महानगरपालिकाका दुई सडक आज शिलान्यास गरिएको छ ।

    भरतपुर-२५ विशाल चोकदेखि कुमारी चोक हुँदै देवीस्थान, छतलेचोकबाट बेतली खोलाको पुलसम्म जोड्ने पाँच दशमलव ६ किमी सडक र भरतपुर - ९ को तीनतले चोकदेखि काँडाघारी हुँदै एपोलो पेन्टसम्मको करिब एक दशमलव दुई किमी सडक निर्माण हुन लागेको हो ।

    सघन शहरी तथा भवन निर्माण आयोजनाले सडक निर्माण गर्नेछ । ती दुबै सडक निर्माणका लागि महालक्ष्मी/ओम सत्य साइ जेभी भरतपुरले जिम्मा पाएको छ ।

    वडानम्बर-२५ को सडक निर्माणका लागि करबाहेक १० करोड ८६ लाख ५३ हजार ४३५ र वडानम्बर-९ को सडक करबाहेक दुई करोड १९ लाख आठ हजार नौ सय ९३ लागतमा निर्माण हुने जनाइएको छ ।

    भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ती सडकको शिलान्यास गर्दै महानगरलाई ‘स्मार्ट सिटी’ निर्माणका क्रममा सडक निर्माण तीव्र बनाइएको बताइन् । उनले भनिन्, ‘अहिलेको प्याकेजमा सडक निर्माण, नारायणी नदी किनार आरतीस्थल निर्माण, बसपार्क निर्माणलगायतका क्षेत्रमा काम हुँदैछ ।’

    महानगरपालिकाभित्र रिङरोड र लिंक रोड निर्माण अघिबढिरहेको उनको भनाइ छ ।  कार्यक्रममा महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले विकासका हरेक गतिविधिमा स्थानीयको महत्वपूर्ण भूमिका रहने बताए ।

    उनले भने, ‘समयमा काम सक्नुस् । हामी सम्मान गर्छौं ।’ सडक कार्यक्रममा सघन शहरी तथा भवन निर्माण आयोजनाका लेखा अधिकृत ओमबहादुर खड्का, वडानम्बर-८ का वडाअध्यक्ष जीवनाथ कँडेल, वडानम्बर-९ का वडाअध्यक्ष यमलाल कँडेल, वडानम्बर-२५ का वडाअध्यक्ष छविलाल सापकोटा, पूर्वअध्यक्ष विजय भुजेललगायतले सडक समग्र विकासको पूर्वाधार भएको बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij