Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

चितवन-२ को उपनिर्वाचनका लागि कांग्रेसबाट ११ जना सिफारिस

चितवन-२ को उपनिर्वाचनका लागि कांग्रेसबाट ११ जना सिफारिस

  • 258
    SHARES
  • चितवन-२ को उपनिर्वाचनका लागि कांग्रेसबाट ११ जना सिफारिस

    चितवन । चितवन निर्वाचन क्षेत्रनम्बर-२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसले उमेश श्रेष्ठसहित ११ जनाको नाम केन्द्रमा सिफारिस गरेकाे छ । साथै पुर्वजिल्ला सभापति विकास कोइरालालगायतको  कारबाही फुकुवाको निर्णय लिँदै  केन्द्रमा पत्राचारसमेत गरेको छ ।

    हिजो सम्पन्न बैठकले चितवन-२ का लागि सिफारिस भएका उमेदवारहरूमा देवेन्द्र गुरूङ, जीतनारायण श्रेष्ठ, राजेश्वर खनाल, मिलनबाबु श्रेष्ठ, राजन कार्की, कैलाश कोइराला, विपीन रामुदामु, देवकी गौतम, उमेश श्रेष्ठ, पार्वती शाह ठकुरी र गौरी श्रेष्ठ रहेका छन् ।

    नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको चैत १ गतेको पत्रअनुसार क्षेत्रीय समितिबाट पार्टीको विधानको धारा ३२ ८ (क) अनुसार सो सिफारिस गरिएको क्षेत्रीय सभापति भरतप्रसाद लामिछानेले बताए ।

    उनका अनुसार प्रदेश समिति र जिल्ला पार्टी पदाधिकारीको संयुक्त बैठकले सर्वसम्मत रूपमा उमेदवारको नाम सिफारिस गरिएको हो ।

    यसैगरी सो बैठकले उपनिर्वाचनलाई सहज बनाउन र विजय हासिल गर्नका लागि यसअघि चितवन क्षेत्र नं २ बाट कारबाहीमा परेका नेता तथा कार्यकर्ताको कारबाही फुकुवाको लागिसमेत माथिल्ला कमिटीलाई अनुरोध गर्ने निर्णयसहित पत्राचारसमेत गरेको छ ।

    जसअनुसार कारबाही फुकुवा गर्न सिफारिस भएका नेताहरुमा कांग्रेस पूर्वजिल्ला सभापति विकास कोइराला, महासमिति सदस्य मीना खरेल, पूर्व सांसद् जगन्नाथ पौडेल, पूर्वसांसद् भीमबहादुर श्रेष्ठ, तरुण दलका पूर्वअध्यक्ष शम्भु अर्याल, तरुण दलका पूर्वसचिव आनन्द राउत, क्षेत्रीय प्रतिनिधि जीतबहादुर थापालगायत छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij