Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

इलाममा कोरोनाविरूद्धको बुस्टर खोप लगाइँदै

इलाममा कोरोनाविरूद्धको बुस्टर खोप लगाइँदै

  • 298
    SHARES
  • इलाममा कोरोनाविरूद्धको बुस्टर खोप लगाइँदै

    इलाम । सरकारको नियमित कार्यक्रमअन्तर्गत इलाममा कोरोनाविरूद्धको बुस्टर खोप दिइँदै छ । कोभिड-१९ विरुद्धको दोस्रो बुस्टर डोज खोप शुक्रबारदेखि दिइने छ ।

    यही चैत ७ गतेसम्म जिल्लाका सबै पालिकाका स्वास्थ्य संस्था र नियमति खोप केन्द्रमार्फत खोप दिइने स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्यले जानकारी दिए ।

    उनले १२ वर्षमाथिका सबैलाई खोप दिइने बताए । गर्भवती, दीर्घ रोगीलगायतले समेत यो खोप लगाउन मिल्ने शाक्यको भनाइ छ । पहिलो र दोस्रो खोपको मात्रा लगाएकालाई मात्र बुस्टर डोज लगाइनेछ । नियमित खोप लगाएकाका लागि यो चौथो डोज हो ।

    पहिलो मात्रा लगाएको छ महिना पूरा भएकालाई दोस्रो बुस्टर खोप दिइने छ । पहिलो बुस्टर डोज लगाएको छ महिना पूरा भएका ५५ वर्षमाथिका अग्रपंतीमा खटिने सबैलाई खोप दिइने शाक्यले बताए ।

    रोग प्रतिरोधात्मक क्षमता कम भएका वा त्यस्ता औषधि प्रयोग गरिरहेका ११ हजार चार सय ९२ नागरिकलाई खोप लगाउने लक्ष्य लिएको स्वास्थ्य कार्यालय इलामका खोप अधिकृत गंगाधर पण्डितले जानकारी दिए ।

    जिल्लामा १२ वर्षमाथिका ६३ हजार चार सय ९३ नागरिकलाई पहिलो बुस्टर डोज लगाउने लक्ष्य छ । कोरोना भाइरसको संक्रमण घट्दै गएपछि खोप लगाउनसमेत नागरिले वास्ता नगरेको पाइएको छ ।

    दोस्रो खोप लगाएको तीन महिना पुगेकालाई पहिलो बुस्टर र पहिलो लगाएको छ महिना पुगेकालाई दोस्रो बुस्टरको फाइजर खोप दिइने छ । इलामका सबै स्थानीय तहका स्वास्थ्य संस्था र नियमित खोप केन्द्र गरि दुई सय २५ स्थानबाट खोपको व्यवस्था मिलाइएको छ ।

    विश्व स्वास्थ्य संगठननबाट मान्यता प्राप्त भएको यस खोपले कुनै असर नगर्ने भएकाले खोप लगाउन सबैलाई आह्वान गरिएको छ । इलाममा खोपको पहिलो मात्रा  लगाउने संख्या एक लाख ९९ हजार तीन सय ८८ जना रहेको छ ।

    खोपको दोस्रो मात्रा लगाउनेको संख्या एक लाख ८४ हजार आठ सय १४ जना छ । पहिलो बुस्टर डोज लगाउनेको संख्या एक लाख २१ हजार तीन सय २१ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij