Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

पशुचौपाया र मानिस अलग राख्न किसानलाई गोठ

पशुचौपाया र मानिस अलग राख्न किसानलाई गोठ

  • 353
    SHARES
  • पशुचौपाया र मानिस अलग राख्न किसानलाई गोठ

    जाजरकोट । घरको माथिल्लो तलामा मानिस र तल्लो तलामा पशुचौपायाको गोठ बनाएर दैनिकी चलाइरहेका जाजरकोट बारेकोट गाउँपालिकाका किसानले अब छुट्टै गोठ पाउने भएका छन ।

    मानव स्वास्थ्यका हिसाबले अत्यन्तै प्रतिकूल पर्ने भन्दै बारेकोट गाउँपालिकाले विपन्न तथा गरिबीको रेखामुनि रहेका सर्वसाधारणलाई अनुदानमा गोठ बनाउने नीति ल्याएको हो ।

    गोठ निर्माण गर्न एक लाखसम्म माग भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए । गाउँपालिकाका अधिकांश किसानको घरको माथिल्लो तलामा मानिस र तल्लो तलामा पशु चौपाय पालनका लागि गोठ रहने गरेको छ ।

    गोठ र मानिस एकै घरमा रहने भएपछि जनस्वास्थ्यसमेत प्रतिकूल असर पर्ने गरेको अध्यक्ष गिरीको भनाइ छ । गाउँपालिकामा तीन हजार पाँच सय ५७ घर घरधुरी छन ।

    गाई, गोरु, भैँसी, बाख्रा, भेडा र घोडाहरू तल्लो तलामा बाँधेर राख्ने र माथिल्लो तलामा परिवारका सबै सदस्य बस्दै आएका सर्वसाधारणलाई मात्र अनुदानमा गोठ बनाउन गाउँपालिकाले रकम सहयोग गर्ने अध्यक्ष गिरीले जानकारी दिए ।

    बारेकोट पशुपालनको राम्रो सम्भावना भएको पालिका हो । यहाँ बर्खायाममा पाटन र हिउँदयाममा आफ्नै घर वरिपरिको घाँसमा निर्भर भइ पशुचौपाय पालन हुने गरेको छ । अहिले पालिकाभित्र रहेका वास्तविक गरिब पशुपालक किसानहरूको तथ्यांक संकलन गर्ने काम सुरु भइसकेको छ ।

    सुरुमा बारेकोट गाउँपालिका-१ सिल्पाचौरको पुनगाउँबाट कार्यक्रम लागू गरिने पालिकाले जनाएको छ । सुरक्षित गोठ निर्माण भएसँगै पशुपालन व्यवसायसमेत फस्टाउने गाउँपालिकाको विश्वास छ ।

    अलग गोठ निर्माण भएमा मानव स्वास्थ्यलाई समेत सहयोग पुग्ने अपेक्षा छ । गोठ र घर छुट्याएपछि मात्र यहाँको स्वास्थ्य अवस्था थप राम्रो हुने पालिकाले जनाएको छ ।

    पशुचौपायको मलमूत्र गन्ध माथिल्लो तलामा आउनाका साथै घरभित्र जाँदा र आउँदासमेत प्रतिकूल असर पर्ने गरेकाले छुट्टै गोठ निर्माण गर्न लागिएको हो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij