Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

लमजुङमा पञ्चेबाजा संरक्षणको लागि प्रतियोगिता

लमजुङमा पञ्चेबाजा संरक्षणको लागि प्रतियोगिता

  • 375
    SHARES
  • लमजुङमा पञ्चेबाजा संरक्षणको लागि प्रतियोगिता

    लमजुङ । शहरका व्याण्ड बाजाका कारण विस्थापनको जोखिममा परेको पञ्चेबाजा संरक्षणको लागि विभिन्न स्थानमा अभियान नै चलेको छ । स्थानीय संस्कृतिको संरक्षण र परम्परागत पञ्चेबाजाको संरक्षणको लागि राईनासमा हालै प्रतियोगिता आयोजना गरिएको छ ।

    राइनास नगरपालिका-५ स्थित दलितमैत्री सामुदायिक भवनको बार्षिकोत्सवको अवसर पारेर राईननासमा पञ्चेबाजा प्रतियोगिताको आयोजना गरिएको हो ।

    दलितमैत्री सामुदायिक भवन निर्माण गरेको दुई वर्ष पुगेको छ । उक्त भवनको संरक्षण र उपयोगको लागि भवन संरक्षण समितिले काम गरिरहेको छ । अहिले सोही समितिले पञ्चेबाजा प्रतियोगिता आयोजना गरेको हो ।

    प्रतियोगितामा नगरपालिका भित्रका विभिन्न वडाबाट सात वटा समूहको सहभागिता थियो । सहभागीहरू आफ्नो पोशाकसहित बाजा प्रतियोगितामा आएका थिए ।

    प्रतियोगी समूह मध्येबाट वडानम्बर-८ को सुरेश परियारको टोली प्रथम भएको छ भने वडानम्बर-८ तार्कुघाटको बलवहादुर परियारको समूह दोस्रो र वडानम्बर-५ गोपाल परियारको समूहले तेस्रो स्थान प्राप्त गरेको छ ।

    प्रतियोगितामा प्रथम हुने समूहलाई १० हजार, द्वितीय हुने समूहलाई ८ हजार, तृतीयलाई ६ हजार र सबै सहभागी समूहलाई प्रोत्साहन स्वरुप चाररचार हजार पुरस्कार प्रदान गरिएको आयोजकले बताएको छ ।

    नेपाली लोक संस्कृतिमा पश्चिमेली प्रभाव बढ्दै गएपछि पछिल्लो समय मौलिक बाजाका रूपमा रहेको पञ्चेबाजा जगेनामा चुनौति देखिएको भन्दै प्रतियोगिताको आयोजना गरिएको दलितमैत्री सामुदायिक भवन व्यवस्थापन समिति सल्लाहकार पूर्णबहादुर नेपालीले बताए ।

    खासगरि पछिल्लो पुस्ताले निरन्तरता दिन चासो देखाएका छैनन् । पञ्चेबाजा बजाउन सिकाउन सकिएमा पछिल्लो पुस्ताको आकर्षण बढ्ने उनीहरूको भनाइ छ । विभिन्न ठाउँमा महिला पनि पञ्चेबाजा बजाउन सरिक रहेको पाइन्छ ।

    महिलाहरुले समय निकालेर सिक्न सकेमा आकर्षण अझै बढ्ने प्रतियोगितामा आएका अधिकांशको धारणा छ । उसो त महिलाहरू पनि अवसर पाएमा सिक्न सक्ने बताउँछन् । यसको लागि स्थानीय तहले सहजीकरण गरिदिए आफूहरू सिक्न तयार रहेको सोही कार्यक्रममा उपस्थित केही महिलाहरूले बताए ।

    ब्याण्ड बाजाको तुलनामा पञ्चेबाजा रूचाउने धेरै छन् । यसले मौलिक संस्कृतिको परिचय दिने राईनासका स्थानीयले बताए । आफूहरूलाई पञ्चेबाजा नै अधिक मनपर्ने उनीहरूको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij