वेबटिभी खबर
काठमाडौं । नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले बालविकास शिक्षकहरूले उठाएका माग मुद्दा समाप्त भएपछि बालविकास शिक्षक केन्द्रीय समिति नै नहुने बताएकी छिन् ।
उनले सोही कारण दर्ता गर्न जरुरी नभएको बताइन् । सोमबार काठमाडौंमा बालविकास शिक्षक केन्द्रीय समितिको पाँचौं महाधिवेशनमा बोल्दै तुलाधरले सो कुरा स्पष्ट पारेकी हुन् ।
उनले भनिन्, ‘माग मुद्दा सम्बोधन हुनुपर्यो । प्रावि तह सरह सेवासुविधा पाउनुपर्यो । त्यत्तिले पुग्दैन । मास्टरडिग्री, ब्याचलर, प्लस टू गरेको शिक्षकहरूलाई क्याटोगराइज हुनुपर्छ । तर पहिलो मुद्दा भनेको प्राइमरी स्केल सरहको सेवासुविधान पाउनु हो । दरबन्दी कायम गरेर स्थायीत्वमा जाने हो । शिक्षक सेवा आयोगले जसरी अहिले परीक्षा लिने गर्दछ त्यसरी नै वानडोर सिस्टमबाट तपाईंहरूको परीक्षा प्रणाली लागु हुने र गर्वसाथले शिक्षक हुनुपर्दछ ।’
अध्यक्ष तुलाधरले देशभरका बालविकास शिक्षकलाई आग्रह गर्दै जसले दुःख दिएका छन् तिनीहरूको पछाडि लागे दिनलाई रात पार्ने काम हुने बताइन् । अराजक ढंगले एउटा व्यक्ति कराएर संगठन नचल्ले तुलाधरले बताइन् ।
पूरा भिडियाे हेर्नुहाेस्
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij